Lite Nepal

आइतबार, चैत्र २२, २०८२

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोट्र्स एसोसिएसन (एनसीएसए) का खेलाडीहरू चीनमा हुने एसियाली खेलकुदको छनोट चरणका खेलमा सहभागी हुने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष्य जीवनराम श्रेष्ठले संघका तीन खेलाडी तेन्जिन बर्टिन आरएसआई, स्वस्तिका चौधरी र रोनक उप्रेतीलाई शनिबार औपचारिक रूपमा बिदाइ गरेका हुन् ।

एनसीएसएका खेलाडीहरूले चीनको मेइ सानमा अप्रिल ८ देखि १२, २०२६ सम्म आयोजना हुने ‘वल्र्ड क्लाइम्बिङ एसियन च्याम्पियनसिप (बोल्डर एन्ड लिड)’ मार्फत एसियाली खेलकुदको छनोट चरणका खेल खेल्नेछन् ।

उक्त प्रतियोगितापछि सोही खेलाडीहरूले चीनको केक्वाओमा मे १ देखि ३, २०२६ सम्म हुने ‘वल्र्ड क्लाइम्बिङ सिरिज केक्वाओ २०२६ (बोल्डर)’ मा पनि सहभागिता जनाउने संघका महासचिव सन्तोष मादेनले बताए ।

टोली दुवै प्रतियोगिता सम्पन्न गरेर मात्रै नेपाल फर्कनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं