Lite Nepal

सोमबार, चैत्र २३, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुन: निर्वाचित भएका छन् । अर्का प्रत्यासी नवीन रिजाललाई पराजित गर्दै राउत दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८औँ प्रदेशसभाबाट अध्यक्षका प्रतिस्पर्धी नवीन रिजाललाई राउतले ८४ मतान्तरले पराजित गरेका हुन् । राउतले १४२ मत प्राप्त प्राप्त गर्दा रिजाल ५८ मत पाएका छन् ।

तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

महासंघ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिका लागि अध्यक्षबाहेक ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध भएका सबै पदाधिकारी राउत प्यानलका हुन् ।

एसोसिएट्स सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला–नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा