Lite Nepal

मंगलबार, चैत्र २४, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको बताएको छ ।

अहिले बागमती प्रदेशको काठमाडौँलगायत पहाडी भेगमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको र बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।

गण्डकी प्रदेशमा धेरै स्थानहरूमा, बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भएको छ ।

मंगलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । सो प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागको एक, दुई स्थानमा मेघगर्जन चट्यांङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधरणतया बादल लाग्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा