Lite Nepal

बिहिबार, चैत्र २६, २०८२

काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट दुई युवकको हत्या भएको छ। झापा घर भई ललितपुर बसोबास गर्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुर जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार हत्यामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार सिर्जन नेम्वाङले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो।

फोनमार्फत भएको भनाभन पछि दुवै पक्षबीच भेटेरै कुरा गर्ने सहमति भएको थियो। सोही क्रममा बुधबार दिउँसो करिब ४ बजेतिर पाटन दरबार क्षेत्रमा भेट हुँदा विवाद चर्किँदै जाँदा सञ्जीव नेपालीले छुरा प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएका दाजुभाइलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटना भएको केही मिनेटभित्रै संलग्न दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं