सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव थेबेका अनुसार सप्तरी तिलाठी कोइलारी गाउँपालिका-५ का ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत-१५ का ६५ वर्षीय प्रभु मुखियालाई पक्राउ गरिएको हो ।
मोटरसाइकल चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागेर निरीक्षण गर्दा स्रोत नखुलेको रकमसहित शुक्रबार नियन्त्रणमा लिइएको हो ।
