Lite Nepal

बुधबार, बैशाख ०२, २०८३

काठमाडौं । सरकारले शनिबार र आईतबार दुई दिन बिदा दिनुका साथै काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु भएपछि पर्यटन तथा होटल व्यवसाय चलायमान हुने भन्दै व्यवसायीले यो निर्णयको स्वागत गरेका छन् ।

बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार आएसँगै सरकारले दुई दिन बिदा दिने निर्णय गरेको थियो, भने मंगलबार रातीबाट काठमाडौंमा सुरक्षाको प्रत्याभूतिसहित रात्रीबस सेवा सुरु भएको छ ।

यी दुई निर्णयले काठमाडौंमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्ने र होटल तथा पर्यटन व्यवसाय फस्टाउने जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल बताउँछन् ।

‘दुई दिनको बिदाले आन्तरिक पर्यटक घुम्न, खान र रमाउन बाहिर निस्कन्छन्,’ अध्यक्ष बरालले भने, ‘रात्रीबस सेवाले रातीसम्म आफ्नो गन्तव्यमा पुग्न उनीहरूलाई सहज हुन्छ । यसले होटल र पर्यटन दुवै क्षेत्रलाई राहत मिल्छ ।’

यसअघि रात्रि बस नहुँदा काठमाडौंको एक स्थानबाट अर्को स्थानमा पुग्न पनि ईन्ड्राइभ, पठाओ र ट्याक्सी जस्ता महँगा सवारी भाँडामा लिनुपर्ने हुन्थ्यो । यो समस्याले गर्दा होटल व्यवसाय पनि राती १०, ११ बजे नै सुनसान हुन्थे । रात्रि बस सेवा सुरु भएसँगै व्यवसायलाई सुरक्षित रूपमा चौबिसै घण्टा चलायमान बनाउन सकिने अध्यक्ष बरालको तर्क छ ।

‘रात्रि बस सेवाले सेवाग्राहीलाई मात्रै होइन, होटल, रेस्टुरेन्ट र पर्यटन लगायत विभिन्न पेसा व्यवसायमा काम गर्ने कर्मचारीलाई पनि घर तथा कोठामा फर्कन सहज हुने भएकाले व्यवसाय गर्न धेरै सहज हुन्छ,’ उनले भने, ‘सरकारले सुरक्षा दिएर अब चौबिसै घण्टा यस्ता व्यवसाय सञ्चालनमा साथ दिए रोजगारी खोज्दै नेपालीले बिदेसिनु पर्दैन ।’

पर्यटन र होटल व्यवसाय चलायमान बनाउन सके नेपालमा बेरोजगारी दर घट्नुको साथै पर्यटकको क्षेत्रको विकास हुने विज्ञहरूको सुझाव छ ।

यसअघि जिल्ला होटल व्यवसाय संघ काठमाडौंको पहलमा राती ११ बजेसम्म होटल तथा पर्यटन क्षेत्र खुल्ला हुँदै आएको थियो । अब यसलाई चौबिसै घण्टा खुल्ला गरेर आर्थिक क्षेत्र चलायमान बनाउन संघ र स्थानीय सरकारले साथ दिनुपर्ने व्यवसायीको माग छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा