Lite Nepal

शनिबार, बैशाख ०५, २०८३

सुनसरी । धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले आज बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबाबु राईले गाडीको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको जानकारी दिए । गाडीसहित भारतबिहार राज्यसुपौल जिल्ला बलुवा बजार–६ का २२ वर्षीय चालक सुबिध कुमार, सोही ठाउँका २२ वर्षीय रोहित कुमार र सुपौल बजार–१ का ४० वर्षीय मोहम्मद जमशेरलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

नियन्त्रणमा लिइएको तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा