Lite Nepal

आइतबार, बैशाख ०६, २०८३

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा शनिबार पनि देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा भने १२ घण्टामै भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलिमिटर र उदयपुरको गढीमा ४९.६ मिलिमिटर वर्षा भएको छ । अन्य विभिन्न ३५ जिल्लाहरूमा पनि वर्षा भएको छ ।

विभागका अनुसार धनकुटामा ३०.८, कास्कीमा २३.६, पर्वतमा १९, ललितपुरमा २०.६ र काभ्रेमा १६.२ मिलिमिटर वर्षा भएको छ । अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ ।

तराईमा तापक्रम बढ्दै
उता तराई क्षेत्रमा भने तापक्रम बढिरहेको विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भइरहँदा तराई क्षेत्रमा तातो बढिरहेको बताए । यो क्रम अझै केही दिन रहने जनाइएको छ ।

विभागबाट प्राप्त विवरणअनुसार आज सबैभन्दा बढी अधिकतम तापक्रम नेपालगन्जमा ३९, दिपायलमा ३८.८ र धनगढीमा ३८।२ डिग्री तापक्रम मापन भएको छ । काठमाडौँमा अधिकतम तापक्रम २८.४ डिग्री रहेको छ ।

वैशाख ६ गते कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले शनिबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा