Lite Nepal

आइतबार, बैशाख ०६, २०८३

काठमाडौं । कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पंक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ।

प्रदेशकै प्रमुख व्यावसायिक केन्द्रमध्ये पर्ने सुनसरी स्थित एक ठूलो पोल्ट्री फार्ममा सङ्क्रमण देखिएपछि त्यहाँ रहेका करिब १ लाख ५५ हजार कुखुरा नष्ट गर्ने तयारी गरिएको छ।

त्यसैगरी, मोरङ जिल्लाको बूढीगंगा क्षेत्रमा रहेको अर्को फार्मसहित दुई ठूला उत्पादन इकाइमा गरी कुल २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ।

सरकारी निकायका अनुसार सुनसरीको रामधुनी र मोरङको बूढीगंगा क्षेत्रका फार्ममा पछिल्लो परीक्षणपछि बर्डफ्लु पुष्टि भएको हो। सङ्क्रमण फैलिन नदिन नियन्त्रणात्मक उपाय स्वरूप आजैदेखि कुखुरा नष्ट गर्ने कार्य (कुलिङ अपरेसन) सुरु गरिएको जनाइएको छ।

प्रशासनिक निकायले यो घटनालाई प्रदेशको पोल्ट्री क्षेत्रमै हालसम्मको सबैभन्दा ठूलो सङ्क्रमण नियन्त्रण अभियानका रूपमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं