Lite Nepal

शनिबार, बैशाख १२, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ । शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।

सो क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा गरेको प्रहरी स्रोतले बतायो । उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

संरचना खाली गर्न गएको टोलीलाई स्थानीयले आज नगरी भोलि भत्काउन अनुरोध गरेको थियो । उनीहरूको अनुरोध स्वीकारेर फर्कन लागेको टोलीमाथि मादक पदार्थ सेवन गरेर हिंडेको समूह उत्तेजित भएर आक्रमण गरेको एक प्रहरी अधिकारीको दाबी छ ।

प्रहरीले आजका लागि काम रोकेर फर्किएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा