Lite Nepal

मंगलबार, बैशाख १५, २०८३

काठमाडौं । काठमाडौँ र भक्तपुरको सिमाना क्षेत्रमा पर्ने मनोहरा, थापाथली र गैरीगाउँ आसपासका सार्वजनिक जग्गा खाली गर्ने कार्य सम्पन्न भएको छ ।

लामो समयदेखि अतिक्रमणमा रहेको भनिएको नदी किनार क्षेत्रबाट संरचना हटाइएपछि उक्त क्षेत्र अहिले खाली र सुनसान देखिएको छ ।

सरकारी तथ्यांक अनुसार काठमाडौँ तर्फ १३१ र भक्तपुर तर्फ ८१० गरी कुल ९४१ वटा घर टहरा तथा अस्थायी संरचना हटाइएको नेपाल प्रहरीले जनाएको छ । यो कार्य सरकारी जग्गा संरक्षण तथा नदी किनार व्यवस्थापन अभियान अन्तर्गत सञ्चालन गरिएको हो ।

अभियानका क्रममा उल्लेख्य संख्यामा सुकुम्वासी बस्ती प्रभावित भएका छन् । प्रशासनले बागमती र मनोहरा नदीको कोरिडोर व्यवस्थित बनाउने तथा नदी सफाइ र वातावरणीय सुधारलाई लक्ष्य बनाएर यो कदम चालिएको स्पष्ट पारेको छ ।

तर, विस्थापित भएका केही परिवारले वैकल्पिक व्यवस्थापनबिना नै बस्ती हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले पुन:स्थापनाको स्पष्ट योजना नहुँदा आफूहरू समस्यामा परेको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं