Lite Nepal

आइतबार, बैशाख २०, २०८३

मोरङ । विराटनगर विमानस्थलमा दुई दिनको अवधिमा प्रहरीले स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई यात्रुलाई नियन्त्रणमा लिएको छ।

शुक्रबार बेलुका बुद्ध एयरबाट काठमाडौँ जान लागेका धरान–१८ का ३५ वर्षीय दिलीप तामाङबाट ११ लाख रुपैयाँ बरामद भएपछि उनी पक्राउ परेका थिए। त्यसको भोलिपल्ट शनिबार दिउँसो श्री एयरलाइन्समार्फत यात्रा गर्न लागेका भारतीय नागरिक ३६ वर्षीय मोहिदिल अलिबाट १५ लाख ९८ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनाबाट कुल २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको छ भने उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं