Lite Nepal

आइतबार, बैशाख २०, २०८३

काठमाडौं । ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन प्रक्रिया सुरु गरिएको छ। आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक सहभागीले आगामी एक महिनाभित्र आवेदन दिन सक्ने जनाएको छ।

संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यस वर्ष पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने आवेदकको उमेर १८ देखि २७ वर्षभित्र हुनुपर्ने व्यवस्था गरिएको छ। ३१ डिसेम्बर २०२६ सम्म २७ वर्ष ननाघेका तथा १ जनवरी २००० पछि जन्मिएका युवती मात्र योग्य मानिनेछन्।

उचाइ कम्तीमा ५ फिट ३ इन्च (हिल बिना) हुनुपर्नेछ। त्यस्तै, आवेदक अविवाहित हुनुपर्ने र यसअघि विवाह नगरेको हुनुपर्ने प्रावधान राखिएको छ।

नेपाली नागरिकता वा नेपाली पासपोर्ट अनिवार्य गरिएको छ भने न्यूनतम शैक्षिक योग्यता प्लस टु वा सो सरह तोकिएको छ।

आयोजकका अनुसार मिस वर्ल्ड संगठनले निर्धारण गरेका मापदण्डअनुसार शरीरमा स्थायी ट्याटु नभएको हुनुपर्ने सर्त पनि कायम राखिएको छ।

गैरआवासीय नेपाली (एनआरएन) आवेदकका सन्दर्भमा सामान्य विदेशी राहदानी वा एनआरएन परिचयपत्र मात्र पर्याप्त नहुने स्पष्ट गरिएको छ। नयाँ संवैधानिक व्यवस्थाअनुसार जारी एनआरएन नागरिकता कार्ड भएका व्यक्तिले मात्रै आवेदन दिन पाउनेछन्।

प्रतियोगिताको अन्तिम चरण अर्थात् फिनाले साउन महिनाको मध्यतिर आयोजना गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

Tags

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं