Lite Nepal

बुधबार, जेठ २०, २०८३

काठमाडौं । साउदी अरबमा अलपत्र परेका कैलाश अधिकारीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुनासो आएको १२ घण्टा भित्रमा एक्सन लिएर कार्यालयले उद्धार गरेको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

उनले सम्झौताअनुसारको तलब र सेवासुविधा नपाई कठिनाइ भोगिरहेको भन्दै गुनासोसहितको उजुरी कार्यालय आएको थियो ।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा शिवन्तराज अधिकारी नामक खातामार्फत कैलाशको दयनीय अवस्था, सुरक्षित आवासको अभाव र श्रम शोषणसम्बन्धी गुनासो सार्वजनिक भएको थियो । हाल कैलाशलाई आवश्यक परामर्श, सहयोग र संरक्षणमा राखिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार कैलाश अधिकारी नेपाल फर्किएलगत्तै घटनाको विस्तृत छानविन भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं