काठमाडौं । भारतको दिल्लीमा रहेका एक रेष्टुरेन्टमा भीषण आगलागी हुँदा हालसम्म २१ जनाको मृत्यु भएको छ ।
दिल्लीको मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बिहान ८:५० बजे आगलागी भएको थियो। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिकहरू पनि रहेका छन् ।
सार्वजनिक भिडिओमा केही मानिस आफ्नो ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ।
अहिलेसम्म ३७ जनालाई उद्धार गरिएकोमा अधिकांशको अवस्था गम्भीर छ ।