Lite Nepal

बुधबार, जेठ २७, २०८३

एजेन्सी । इरान समर्थित हिजबुल्लाह विरुद्ध इजरायलले लेबनानमाथि निरन्तर आक्रमण जारी राखेको छ। दुवै देशले एक–अर्कामाथि हमला रोक्ने बताएको भोलिपल्ट नै इजरायलले यो कदम चालेको हो।

लेबननको स्वास्थ्य मन्त्रालयले मंगलबार देशको दक्षिणी क्षेत्रस्थित टायर सहरमा इजरायली सेनाले हमला गर्दा २९ जनाको मृत्यु भएको बताएको छ।

यस्तै हेजबुल्लाहले सोमबार राति अगाडि बढिरहेको इजरायली सेनाविरुद्ध रकेट प्रहार गरिएको दाबी गरेको छ। इरानी सञ्चारमाध्यमहरूले सोमबार भएको इजरायली आक्रमणमा इरानी वायुसेनाका दुई जना जवान मारिएको उल्लेख गरेका छन्।

यस क्रममा, अमेरिकी सेनाले हर्मोज स्ट्रेट नजिकै आफ्नो एउटा अपाचे हेलिकप्टर दुर्घटना भएको विषयमा अनुसन्धान सुरु गरेको छ। उक्त हेलिकप्टरमा सवार चालक दलका सदस्यहरूलाई भने सुरक्षित उद्धार गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं