Lite Nepal

बुधबार, आषाढ १०, २०८३

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवारको नगर सभामा उपप्रमुख शिल्पा निरला कार्कीले महानगरको १८औँ नगर सभामा आगामी वर्षका लागि कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको आय–व्यय अनुमान प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको कुल आम्दानीमध्ये संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, सशर्त चालु अनुदानबाट ७३ करोड २९ लाख र सशर्त पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकारको समानीकरण अनुदानबाट ३ करोड ६२ लाख ५० हजार, सशर्त चालु अनुदानबाट ४ करोड १ लाख २४ हजार र सशर्त पुँजीगततर्फ ६ करोड ६३ लाख रुपैयाँ आय हुने महानगरको अनुमान छ ।

यसैगरी, आन्तरिक आयतर्फ १ अर्ब २७ करोड २० लाख ८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ५६ लाख १८ हजार रुपैयाँ, बैंक मौज्दातबाट १४ करोड र विभिन्न संघसंस्थाको अनुदानबाट १ करोड १६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

महानगरले पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । यसका लागि १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, नगर स्तरीय योजनाका लागि ६० करोड, वडा स्तरीय योजनाका लागि ४३ करोड ५६ लाख ३२ हजार र बहु वर्षीय गौरवका आयोजनाका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ । मर्मत–सम्भारमा १० करोड र फोहोर पानी प्रशोधनमा २ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये शिक्षातर्फ १० करोड ९ लाख २८ हजार र स्वास्थ्यतर्फ ७ करोड ३ लाख ९० हजार रुपैयाँ छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं