Lite Nepal

बिहिबार, आषाढ ११, २०८३

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ ।

कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२/८३ मा कूल ७०८.५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताए । यसमा युरिया मल १७२.५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ ।

किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उनले बताए ।

हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२.३० मेट्रिक टन र पोटास मल ५.७५ मेट्रिक टन बिक्री भइसकेको उनको भनाइ छ ।यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनसँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका १५स्थानीय तहमा मल पठाइएको जनाइएको छ ।

गौरादह नगरपालिका, बुद्ध शान्ति गाउँपालिका र कचनकबल गाउँपालिकाका लागि कम्पनीले यसै साता ४६ मेट्रिक टन रासायनिक मल उपलब्ध गराएको जनाएको छ । उक्त मल सहकारी र फार्ममार्फत किसानलाई बिक्री गरिन्छ । धान रोपाइँ सुरु भएसँगै किसानलाई मुख्य रूपमा युरिया, डिएपी र पोटास मल बढी आवश्यक पर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं