काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक प्रमुख जिल्ला अधिकारी तथा उपसचिवसहित ४२ जना राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले असार १९ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीहरूको पदस्थापन तथा सरुवा गरिएको हो।
सरुवाअनुसार १० जना सिडिओहरूलाई सहायक सिडिओ तथा अन्य निकायमा खटाएको छ भने राम्रो काम गर्ने सहायक प्रजिअहरुलाई प्रजिअको जिम्मेवारी दिइएको छ ।
जसअनुसार जिल्ला प्रशासन कार्यालय धनुषामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका उमेश कुमार दाहाल(उकुदा)लाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने काभ्रेका भोलानाथ गुरागाईँलाई हुम्लाको प्रजिअमा पठाइएको छ ।