Lite Nepal

मंगलबार, आषाढ २३, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको छ ।

स्पेनले खेलको इन्जुरी समयमा गोल गरेको हो । खेलको एकमात्र निर्णायक गोल मिकेल मेरिनोले इन्जुरी समय (९० प्लस १ औं मिनेट)मा गरेका थिए ।

जितसँगै स्पेनले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गर्‍यो । साथै, स्पेनले विश्वकपको इतिहासमा लगातार ६ खेलसम्म पूरै खेलभरि विपक्षी टोलीलाई कुनै पनि गोल गर्न नदिने अवस्था कायम राख्ने पहिलो टोली बन्दै कीर्तिमान कायम गरेको छ ।

अब क्वार्टरफाइनलमा स्पेनले अमेरिका र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यता हारसँगै ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको सन् २०२६ को विश्वकप यात्रा टुंगिएको छ । खेलअघि नै रोनाल्डोले यो आफ्नो खेल जीवनको अन्तिम फिफा विश्वकप हुने बताएका थिए ।

रोनाल्डोले विश्वकपका २७ खेलमा ११ गोल ​​गरे भने लगातार छ वटा विश्वकप संस्करणमा गोल गर्ने पहिलो पुरुष फुटबलरको कीर्तिमान पनि कायम गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं