काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढिरहेको बताएकी छन् । उनले केही महिनाभित्रै उद्योग सञ्चालनमा आउने दाबी गरेकी हुन् ।
राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले बन्द अवस्थामा रहेको उद्योग पुनः सञ्चालनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिएकी हुन् ।
उनका अनुसार उद्योगको आवश्यक मर्मत सम्भारका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा भइसकेको छ र सोही आधारमा मर्मतसम्बन्धी काम अघि बढाइएको छ ।
मन्त्री कुमारीले हेटौँडा कपडा उद्योगलाई पुनर्जीवन दिने विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइएको बताइन् ।