Lite Nepal

मंगलबार, आषाढ २३, २०८३

काठमाडौं । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ ।

बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमश: काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन ।

रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा मुकुल उपाध्यायले जानकारी दिए ।

रोग नियन्त्रणका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाएर गस्ती परिचालन गरी अवैध रुपमा पैठारी गरिएका पन्छी नष्ट गरिएको थियो । हाल रोग नियन्त्रणमा आएपश्चात् ओसारपसार खुकुलो बनाइएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता उपाध्यायका अनुसार बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको सङ्क्रामक रोग भएकाले रोग देखा परेको क्षेत्रमा संघ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरिएको जाकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं