रौतहट । सर्लाहीको गोडैतामा शुक्रबार शरीरमा पेट्रोल खन्याएर आत्महत्या प्रयास गरेका विवेक मण्डललाई साझ नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।
गोडैता नगरपालिका- १० का ४२ वर्षीय विवेकले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका हुन् ।
थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । आगोले मण्डलको शरीरको अधिकांश भाग जलेको छ । घटनापछि मण्डललाई उपचारका लागि सदरमुकाम मलंगवा लगिएको थियो । उनले आत्महत्या प्रयास गर्नु कारण बारे अनुसन्धान भइ रहेको डिएसपी गौतमले जानकारी दिए ।