Lite Nepal

शनिबार, आषाढ २७, २०८३

काठमाडौं । लगातारको भारी वर्षाले कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बाढी पसेको छ ।

गएराति बागमती नदीको बहाव बढेर बाढी सेन्टरभित्र पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवार बिचल्लीमा परेका हुन् । उनीहरु आफ्ना सरसामान र लत्ताकपडा बचाउन नपाउँदै ज्यान जोगाउनका लागि सडकमा निस्किएका हुन् ।

उनीहरूले आफूहरू सुरक्षित र सम्मानजनक पुनर्स्थापनाको पर्खाइमा रहे पनि वर्षायाममा समेत जोखिमपूर्ण अवस्थामै बस्न बाध्य भएको गुनासो गरेका छन् । उनीहरुले यहाँ बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई धेरै कठिनाइ भएको बताएका छन् । यसअघि नै होल्डिङ सेन्टर क्षेत्रमा बाढी र डुबानको जोखिम रहेको भन्दै स्थानीय तथा सरोकारवालाले सुरक्षित व्यवस्थापनको आवश्यकता औंल्याएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं