Lite Nepal

शनिबार, आषाढ २७, २०८३

काठमाडौं । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ ।

शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक राउतका भाइ दीपक राउतका अनुसार उनलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्‍याइएको थियो ।

दीपकका अनुसार बिहान करिब ६ बजेतिर घटना भएको थियो । परिवार श्राद्धको तयारीमा रहेका बेला राउतकी श्रीमती नुहाउन गएको समयमा उनले बाहिर गएर स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं