Lite Nepal

आइतबार, आषाढ २८, २०८३

काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणमा सरकार र पीडित परिवारबीच करिब १४ घण्टा लामो वार्ता भए पनि सहमति जुट्न सकेन। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता निष्कर्षविहीन बनेपछि आज पुनः छलफल गर्ने सहमति भएको छ।

सरकारले मृतक परिवारलाई १५ लाख रुपैयाँ राहत, परिवारका सदस्यलाई रोजगारी तथा छोराछोरीको निःशुल्क शिक्षामा सकारात्मक संकेत दिएको भए पनि पीडित पक्षले निष्पक्ष छानबिन, दोषीमाथि ज्यान मुद्दा र सरकारको औपचारिक प्रतिबद्धतामा अडान राखेपछि सहमति हुन सकेन।

सहमति नजुटेकाले गणेश नेपालीको अन्त्येष्टि पनि रोकिएको छ। परिवारले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान कायम राखेको छ। सरकारले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको जनाएको छ भने पीडित पक्षले न्याय सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं