Lite Nepal

मंगलबार, आषाढ ३०, २०८३

काठमाडौं । फिफा विश्वकपको पहिलो सेमिफाइनलमा मंगलबार राति युरोपका दुई शक्तिशाली टोलीहरु स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

विश्व फुटबल प्रेमीहरूको नजर यो रोमाञ्चक भिडन्तमा केन्द्रित हुनेछ ।

फ्रान्सको आक्रामक खेल शैली र स्पेनको बलियो रक्षापंक्ति टोलीबीचको हुने सेमिफाइनल खेल हेर्न रोचक हुनेछ ।

जारी विश्वकपमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १६ गोल गरेको छ । यता स्पेनको रक्षापंक्ति उत्कृष्ट रहेको छ र स्पेनले पूरै विश्वकपमा मात्र एक गोल खाएको छ ।

अमेरिकाको डल्लास स्टेडियममा हुने खेल नेपाली समय अनुसार मंगलबार राति १२ः४५ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा दुवै टोली उत्कृष्ट लयमा छ र फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

स्पेन र फ्रान्सबीच हालसम्म कुल ३८ अन्तर्राष्ट्रिय खेलहरू भएको छ । जसमा स्पेनले १८ खेल जितेको छ भने फ्रान्सले १३ जितको छ । ७ खेल बराबरीमा टुंगिएको छ ।

स्पेनले फ्रान्समाथि आफ्नो वर्चस्व कायम राख्दै आएको छ । यी दुई टोलीबीच भएका पछिल्ला १२ खेलमध्ये स्पेनले ८ मा जित हासिल गरेको छ ।

उनीहरूबीचको पछिल्लो भिडन्त ५ जुन २०२५ मा युइएफए नेसन्स लिगअन्तर्गत भएको थियो, जसमा स्पेनले रोमाञ्चक खेलमा फ्रान्सलाई ५–४ ले पराजित गरेको थियो ।

फिफा विश्वकपको इतिहासमा भने यी दुई टोली एकअर्काविरुद्ध केवल एकपटक मात्र खेलेका छन् । उक्त खेल सन् २००६ को फिफा विश्वकपको अन्तिम १६ चरणमा खेलिएको थियो, जसमा फ्रान्सले स्पेनलाई ३–१ ले पराजित गर्दै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

अब सन् २०२६ को विश्वकप सेमिफाइनलमा यी दुई टोलीबीच विश्वकप इतिहासमा दोस्रोपटक भेट हुन लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं