Lite Nepal

बिहिबार, आषाढ ३२, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा पुगेको छ ।

इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेलको पहिलो हाफ गोलरहित रहेको थियो । पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । दुवै टोलीले गोल गर्ने धेरै अवसरहरू पाए पनि त्यसको सदुपयोग गर्न भने सकेनन् ।

दोस्रो हाफको ५५ औं मिनेटमा इंग्ल्यान्डका लागि मोर्गन रोजर्सको पासमा एन्थोनी गोर्डनले उत्कृष्ट प्रहार गर्दै गोल गरे । तर अर्जेन्टिनाले सात मिनेटभित्र दुई गोल गर्दै खेलको नतिजा उल्ट्यायो ।

अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेजले ८५ औं मिनेटमा पहिलो गोल गरे भने त्यसपछि लाउटारो मार्टिनेजले इन्ज्युरी समय (९० प्लस २ मिनेट)मा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । अर्जेन्टिनाले खेलको अन्त्यसम्मै यो अग्रता कायम राख्दै जित हात पारेको हो ।

अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ ।

इंग्ल्यान्डको विश्वकप यात्रा सेमिफाइनलमा टुंगिएको छ । अब इंग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं