Lite Nepal

शनिबार, साउन ०२, २०८३

काठमाडौं । डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखानमा धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालकसहित ३ जना घाइते भएका छन्।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का सुगन लोथ्याल (अन्दाजी ४५) र हनु लोथ्याल (अन्दाजी २८) को मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेहरू अमरसिंह ठगुन्ना, सरस्वती लोथ्याल र चालक अमृत घरेडीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ भने दुर्घटनाको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं