Lite Nepal

सोमबार, साउन ०४, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रूपमा विदेश निर्यात गर्न लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ (चुरोट) प्रहरीले बरामद गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ साल साउन ३ गते (आइतबार) विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा रहेको पिक एभिएसन प्रालि मार्फत अस्ट्रेलिया पठाउन लागिएको कार्गो जाँच गर्ने क्रममा उक्त चुरोट फेला परेको हो।

प्रहरीका अनुसार अष्ट्रेलियामा रहेका एक व्यक्तिको नाममा पठाउन लागिएको ३५ वटा कार्टुन पोका मध्ये एउटा पोकोमा “डग च्यु (कुकुरले खाने खाना)” भनेर उल्लेख गरिएको थियो।

तर नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले गरेको एक्स-रे परीक्षण तथा विस्तृत चेकजाँच गर्दा कागजातमा उल्लेख नगरिएको सुर्तीजन्य पदार्थ (चुरोट) फेला परेको हो।

बरामद गरिएको चुरोट विभिन्न ब्रान्डका गरी जम्मा ६८ बण्डल रहेको प्रहरीले जनाएको छ।

बरामद चुरोटको क्लासिक डबल बस्ट भारतमा निर्मित-४ बण्डल, गोल्ड फ्लेक ३ बण्डल, शिखर आइस रुस ३१ बण्डल रहेको छ ।

प्रहरीका अनुसार बरामद गरिएको चुरोटको अनुमानित बजार मूल्य २ लाख ५७ हजार ४ सय रुपैयाँ रहेको छ।

बरामद गरिएको सुर्तीजन्य पदार्थलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौँ मा बुझाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हुने अवैध ओसारपसार, भन्सार छली तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानी, कार्गो स्क्रिनिङ तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाइने जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं