विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
बुधबार राति १२ः१० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गत प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय ५९ वर्षीय लाल किशोर यादवको डेरा कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा यादवको साथबाट एक थान कटुवा पेस्तोल, ८ दशमलव ४८ किलोग्राम गाँजा र ३ ग्राम ७ मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद भएको हतियार र लागूऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।