झापा । झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा श्रीमान-श्रीमतीबीचको विवादपछि एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच सामान्य विषयमा विवाद भएको थियो। विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। घटनापछि धनबहादुर घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
घटनाको कारण र थप विवरणबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।