Lite Nepal

शुक्रबार, साउन ०८, २०८३

काठमाडौं । गुडिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बब्लु गुप्ताले क्षमा मागेका छन्।

सिरहा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गुप्ताले सामाजिक सञ्जालमार्फत उक्त गतिविधिबाट ट्राफिक नियम उल्लङ्घन भएको आफूले महसुस गरेको बताएका हुन्।

बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झना ताजा भएको र खुसीको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको उनको भनाइ छ।

‘त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु,’ गुप्ताले लेखेका छन्।

उनले अब आफ्नो जोश र ऊर्जा देश तथा जनताको हितमा समर्पित गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। ‘मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु,’ उनले भनेका छन्।

गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडिको भागमा हेल्मेट नलगाई उभिएको र मोबाइल चलाइरहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले नै सडक सुरक्षा र ट्राफिक नियमको बेवास्ता गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीमाथि प्रश्न उठाएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं