काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।