Lite Nepal

शनिबार, साउन ०९, २०८३

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङज्यूले ‘याक्थुङ भाषा शिक्षण, संस्कृति र साहित्य’ विषयक दुई दिवसिय राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् ।

काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशन, भाषा शिक्षण विभाग र किरात याक्थुङ चुम्लुङ, संघीय समितिको संयुक्त आयोजनामा सुनसरीको इटहरीस्थीत कस्तुरी एकेडेमीमा सुरु भएको उक्त सम्मेलन २ दिन सम्म चल्नेछ ।

काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशन, भाषा शिक्षण विभागले याक्थुङ (लिम्बु) भाषाको उत्तर स्नातक तह (पोष्टग्राजुएट डिप्लोमा इन एजुकेशन इन याक्थुङ ल्याङगुएज टिचिङ) को अध्यापन गराइरहेको छ ।

कार्यक्रममा याक्थुङ भाषा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकद्वारा याक्थुङ भाषाको शिक्षण, याक्थुङ संस्कृति र साहित्यका विषयमा अनुसन्धान पत्रहरु प्रस्तुत हुनेछन् भने आदिवासी भाषाको उच्च अध्ययनका सम्भावना र चुनौतीहरुका विष्यामा वृहत बहस पैरवी हुनेछन् ।

कार्यक्रमा पूर्वप्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, कोशी प्रदेश सभाका सदस्य तथा पूर्व प्रदेश मन्त्री कमल जबेगु, धरान उपमहानगरका कार्यवाहक मेयर आइन्द्रविक्रम वेघा, किरात याक्थुङ चुम्लुङका सल्लाहकार तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं