Lite Nepal

आइतबार, साउन १०, २०८३

काठमाडौं । रसुवाकाे गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार साँझ करिब ५ बजेर ४० मिनेटमा स्याफ्रुबेशीबाट धुञ्चेतर्फ जाँदै गरेको इभी गाडी दुर्घटना भएको हो । दुर्घटनापछि गाडीसहित चालक त्रिशूली खोलामा बेपत्ता भएको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी नायब उपरीक्षक अशोक थापाको नेतृत्वमा १० जना प्रहरी चौकी स्याफ्रुबेशीबाट ४ जना तथा सशस्त्र प्रहरी बल नम्बर २० गुल्म धुञ्चेबाट सशस्त्र प्रहरी नायब निरीक्षक ईश्वर आचार्यको नेतृत्वमा ११ जनाको उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।

हाल बेपत्ता चालक तथा ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रसुवाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं