Lite Nepal

मंगलबार, साउन १२, २०८३

काठमाडौं । चीनको उत्तर-पश्चिमी प्रान्त गान्सुमा आईतवार आएको भीषण बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।

चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालय (एमईएम)काअनुसार गान्सु प्रान्तको डिङसी सहरस्थित वेइयुआन काउन्टीमा अचानक परेको भारी वर्षापछि बाढी आएको हो । बाढीले उक्त क्षेत्रका पर्यटकीय स्थलहरूमा ठूलो क्षति पुर्‍याएको छ । स्थानीय अधिकारीहरूकाअनुसार बाढी आउँदा पर्यटकीय क्षेत्रमा क्याम्पिङ गरिरहेका केही पर्यटकहरू बाढीको चपेटामा परी फसेका थिए ।

घटनाको जानकारी लगत्तै राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले राहत तथा उद्धार कार्यका लागि एक विशेष टोली घटनास्थलतर्फ पठाएको छ ।

बाढीको जोखिम र क्षतिको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले गान्सु प्रान्तका लागि चौथो तहको बाढी रोकथाम आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । चीनमा प्रकोपको गम्भीरताका आधारमा चार तहको आपत्कालीन प्रणाली अपनाइने गरिन्छ, जसमा पहिलो तहलाई सबैभन्दा गम्भीर मानिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं