Lite Nepal

मंगलबार, साउन १२, २०८३

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व संकलन गरिएको छ ।

पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व रकम जम्मा गरेको हो । निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीले सो नाकाबाट नौ हजार ४४७ जना विदेशी नागरिक नेपाल प्रवेश गरेको जानकारी दिए।

उक्त अवधिमा आठ हजार २९७ पर्यटक भिसा, १६३ नाता भिसा, ४९ गैरआवासीय नेपाली (एनआरएन) भिसा र ३२ वैवाहिक भिसा जारी गरिएको छ । गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै ८६ देशका नागरिक नेपाल प्रवेश गरेका थिए । भुटानका चार हजार (९४ जना ९५३ प्रतिशत), अमेरिकाका दुई हजार १५२ जना (२३ प्रतिशत) नागरिक रहेका थिए ।

पुस र माघ महिनामा सबैभन्दा बढी विदेशी नागरिक नेपाल भित्रिने गरेका छन् । भुटानमा यस अवधिमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा आसपासमा रहेका आफन्तसँग भेटघाट गर्न तथा पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी महादेव दर्शनका लागि नेपाल आउने क्रम बढ्ने गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं