काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ३ बजे बैठक आयोजना गर्न लागिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
बैठकमा समसामयिक सरकारी कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने बताइएको छ ।