Lite Nepal

बिहिबार, साउन १४, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ २१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६९ पैसा र बिक्रीदर ४० रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९० पैसा र बिक्रीदर ४२ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २८ पैसा र बिक्रीदर २३ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ०७ पैसा बिक्रीदर ४०६ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ २७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं