Lite Nepal

बिहिबार, साउन २८, २०८३

विराटनगर । किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटीले च्याब्रुङ (केलाङ) नाचको प्रशिक्षण आयोजना गर्ने भएको छ। आउँदो शनिवार देखी हप्तामा एक दिन शनिवार च्याब्रुङ नाचको प्रशिक्षण दिइने महानगर कमिटीले जनाएको छ।

विराटनगरस्थित रानीमा रहेको आफ्नै भवनमा नाचको प्रशिक्षण दिइने महानगर कमिटीका कोषाध्यक्ष सुमन लिम्बूले जानकारी दिए।

विराटनगरमा रहेका लिम्बू समुदायका साथै च्याब्रुङ नाच सिक्न चाहने अन्य समुदायका व्यक्तिलाई समेत प्रशिक्षण दिने योजना रहेको आयोजकले जनाएको छ।
वर्षौँदेखि आफ्नो थातथलो छोडेर विराटनगरमा बसोबास गर्दै आएका लिम्बू समुदायका सदस्यहरू किरात याक्थुङ चुम्लुङमार्फत आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति संरक्षणमा जुटिरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं