काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।