Lite Nepal

शुक्रबार, साउन २९, २०८३

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले एल।पी। ग्यास वितरणमा उपभोक्ता ठगी गर्ने उद्योग र बजार अनुगमनमा असहयोग गर्ने विक्रेताहरूमाथि कडा कारबाही सुरु गरेको छ।
मोरङका संयुक्त बजार अनुगमन टोलीले गरेको विशेष निरीक्षणका क्रममा ग्यासको तौलमा चरम लापरबाही र ठगी गरेको फेला परेपछि रिजालको भान्सा ग्यास उद्योग प्रा.लि. बुढीगंगा-४ लाई तत्काल दुई लाख पन्चानब्बे हजार रुपैयाँ जरिवाना गरिएको छ।

प्रशासनका अनुसार उद्योग परिसरमा राखिएका १९ वटा रिफिल गरिएका ग्यास सिलिन्डरहरूको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा तोकिएको मापदण्डभन्दा २४० ग्रामसम्म कम ग्यास भरेर उपभोक्तालाई बिक्री गर्न लागिएको पाइएको थियो।

साथै, उद्योगले म्याद गुज्रेका दुई वटा सिलिन्डरमा समेत ग्यास रिफिल गरी, सिल लगाएर बिक्रीका लागि तयारी अवस्थामा राखेको फेला पारेपछि उक्त ठुलो रकम जरिवाना गरिएको हो।

टोलीले मापदण्ड विपरीतका ती दुई सिलिन्डरहरूको सिल तोडी तत्काल नष्ट गर्न समेत आदेश दिएको छ। एलपी ग्यास अभावका बेला बजारमा हुनसक्ने कालोबजारी रोक्न प्रशासनले यो कदम चालेको हो।यसै गरी, अनुगमनकै क्रममा विराटनगर महानगरपालिका वडा नं. ३ मा सञ्चालित कन्चनेश्वर ग्यास पसलले सरकारी टोलीको जाँचबुझ र निरीक्षण कार्यमा आवश्यक सहयोग नगरेको र अवरोध पुर्‍याएको भन्दै प्रशासनले उक्त पसललाई पनि १५ हजार रुपैयाँ जरिवाना तिराएको छ।

ग्यास जस्तो संवेदनशील एवं अत्यावश्यक वस्तुको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, तौलमा ठगी गर्ने र कानुनी अनुगमन प्रक्रियामा असहयोग गर्ने जुनसुकै व्यावसायिक फर्म वा उद्योगलाई कानुनी दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय मोरङले स्पष्ट पारेको छ। बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन आगामी दिनमा समेत यस्ता आकस्मिक अनुगमन कार्यलाई अझ तीव्र पारिने प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं