Lite Nepal

मंगलबार, भाद्र ०२, २०८३

काठमाडौँ । बैंक कर्मचारी भन्दै केवाईसी अद्यावधिक गर्ने बहानामा ठगी गर्ने चार जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा अभय तिवारी (२२), जय कुमार केवट (२२), विद्या सागर केवट ९२२० र कुवेर थापा (२७) रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले फोन तथा ह्वाट्सएपमार्फत पीडितलाई सम्पर्क गरी स्क्रिन सेयर र ओटीपी कोड लिन्थे। त्यसपछि बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको खुलेको छ। उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं