ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख बढी भेटी संकलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन महिनामा २ हजार ४ सय ६९ तीर्थयात्रीले पाथीभराको दर्शन गरेका थिए ।
दर्शनमा आएका तीर्थयात्रीबाट ३ लाख १८ हजार ५०० सय रुपैयाँ भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले जानकारी दिए ।
समितिले हरेक महिना तीर्थयात्रीको संख्या र भेटीको रकम सार्वजनिक गर्दै आएको छ । पाथीभराको भेटी नेपाल बैंकको खातामा जम्मा हुनेगरेको छ ।
