Lite Nepal

बुधबार, भाद्र ०३, २०८३

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित सुरेश यादवको घर तथा गोदाममा सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा छापा मारेर  लत्ताकपडासहितका सामान बरामद गरेको छ। तर, खानतलासीका क्रममा केही बोरा तथा झोलाहरू खाली अवस्थामा समेत भेटिएपछि प्रहरीले प्राप्त गरेको ‘विशेष सूचना’ कति सटीक थियो भन्ने प्रश्न उठेको छ।

सशस्त्र प्रहरी बल मोरङका एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार विशेष सूचनाका आधारमा यादवको घर तथा गोदाममा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा सूचनामा उल्लेख भएअनुसारकै सामान फेला परेको उनले बताए।

‘सूचना भएअनुसार सामान फेला परेको हो। सामान भएको थियो र बरामद पनि भएको छ,’ एसपी भण्डारीले भने। उनका अनुसार खानतलासीका क्रममा केही झोलाहरू खाली अवस्थामा समेत भेटिएका थिए। बरामद गरेको सामानको प्रारम्भिक मूल्य भने करिब ३ लाख २८ हजार रुपैयाँ रहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं