Lite Nepal

बुधबार, भाद्र ०३, २०८३

विराटनगर । काठमाडौंसहित विभिन्न सहरमा सार्वजनिक हुँदै सफलताका साथ व्यापार भइरहेको प्रोटोन ब्रान्डको नयाँ गाडी ईमास ५ विराटनगरमा पनि सार्वजनिक गरिएको छ ।

बुधबार विराटनगर–४ मा रहेको सोरुममा एक कार्यक्रमकाबिच नयाँ प्रोटोन ईमास ५ कम्प्याक्ट एसयूभी आधिकारिक रूपमा सार्वजनिक गरिएको हो । विराटनगर–४ का वडाध्यक्ष जितन थापाले गाडी सार्वजनिक गरेका थिए ।

नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय गाडीको रूपमा ल्याइएको ईमास ५ एक नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको विकल्प हो, जसले ग्राहकलाई सहरी जीवनशैली र दैनिक यात्रा अनुभवमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

प्रोटोन ईमास ५ ले हालसालै मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवाड्र्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ को उपाधि हासिल गरी अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ । अत्याधुनिक प्रविधि र बौद्धिक (इन्टेलिजेन्ट) डिजाइनको उत्कृष्ट संगम रहेको ईमास ५ मा ‘वायरलेस एप्पल कारप्ले’ र ‘एन्ड्रोइड अटो’ सुविधासहित १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली रहेको छ ।

साथै, अगाडि ७० लिटरको फ्रन्ट ट्रंक (फ्रंक) र पछाडि ३७५ लिटरको ‘एक्पान्डेबल रियर लगेज कम्पार्टमेन्ट’ सहित उपयोगितालाई ध्यानमा राख्दै बनाइएका सामान राख्न गर्न मिल्ने ३२ वटा विभिन्न ठाउँ (स्टोरेज कम्पार्टमेन्ट्स) रहेका छन्, जसले नियमित दैनिक छोटो दूरीको यात्रा र लामो दूरीको भ्रमण दुवैका लागि व्यवहारिक उपयोगिता र सहजता प्रदान गर्दछ ।

सार्वजनिकीकरण समारोहमा उक्त गाडीको विषयमा जानकारी समेत गराइएको थियो । यसअघि काठमाडौंसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा र चितवनमा पनि सफलतापूर्वक सार्वजनिक कार्यक्रम सम्पन्न भएका छन् । यसपछि हामी जनकपुरमा नयाँ र त्यसपछि वीरगञ्जमा पनि गाडी सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । हाल प्रोटोन ईमास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।

प्रोटोन ईमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । ईमास ५ प्राइम भेरियन्टको २९.९९ लाख र प्रिमियम भेरियन्टको ३४.९९ लाख सुरुवाती मूल्य तोकिएको छ । यी विशेष सुरुवाती मूल्यहरू पहिलो १०० ग्राहकका लागि र सीमित अवधीको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं