Lite Nepal

बिहिबार, भाद्र ०४, २०८३

झापा । झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन् । ती घटनाका कारण रु ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार साउनभर भएका विभिन्न विपद्का घटनामा परी दुई जना घाइते भएका छन् भने तीन जनाको सकुशल उद्धार गरेको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन् । विभिन्न स्थानमा भएका पाँच वटा आगलागीका कारण रु १९ लाख ३० हजार बराबरको धनमाल क्षति भएको छ । त्यसैगरी, जङ्गली जनावरको आक्रमणका १७ वटा घटना दर्ता भएका छन् । आक्रमणबाट दुई जना घाइते भएका छन् ।

यस्तै, चट्याङका घटनामा परी रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अवालेले मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लाभर प्रहरी जनशक्तिलाई उच्च सतर्क अवस्थामा राखिएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं