भविन कार्की

बिहिबार, भाद्र ०४, २०८३

संखुवासभा । जिल्ला प्रहरी कार्यालयले एक महिनाको अवधिमा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको पहिलो महिनामै आपराधिक घटनाका फरार प्रतिवादीलाई खोजी तथा पक्राउ तीव्र पारेको हो । 

जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८३र०८४ को पहिलो महिनामै आपराधिक घटनाका ११ जना फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताउनुभयो । 

प्रहरीले आर्थिक वर्ष २०८३र०८४ को पहिलो महिनामै २१ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा १६ जना पक्राउ परेका छन् । बुधवार  साउन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै प्रहरीले २१ वटा मुद्दामध्ये जघन्य तथा गम्भीर अपराधका तीन वटा, बैंकिङ कसुरका एक  र सामान्य १० वटा मुद्दा दर्ता भएको जनाएको हो । पुराना मुद्दाका फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत साउनमा ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

उनीहरूलाई २२ वर्ष दुई महिना २३ दिन कैद सजाय तोकिएको थियो । साथै, उनीहरूबाट दुई करोड नौ लाख १९ हजार ९ सय ४९ रुपैयाँ  जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, एक महिनाको अवधिमा भएका ७ वटा सवारी दुर्घटनामा १२ जना घाइते भएका छन् । ट्राफिक चेकिङका क्रममा ६० वटा सवारीसाधनलाई कारबाही गरी ६५  हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

साउन महिनाको प्रगति विवरणअनुसार एकै महिनामा विभिन्न स्थानबाट ३ नाल अवैध भरुवा बन्दुक बरामद भएका छन् ।  प्राकृतिक सम्पदा दोहन नियन्त्रण तर्फ १० वटा सवारी साधन सहित १० जना पक्राउ परेका छन् । त्यसबाट तीन लाख रुपैयाँ राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । साउन महिनामा हराएका ५ जना नागरिक मध्ये ४ जनालाई प्रहरीले सकुशल फेला पारेको छ ।  

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं