Lite Nepal

शुक्रबार, भाद्र ०५, २०८३
फाइल तस्बिर

काठमाडौँ । टीकापुर हत्याकाण्ड मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको हो । साढे दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको आममाफीविरुद्धको रिटलाई अग्राधिकारमा राखेर सुनुवाइका लागि पेसी तोकिएको हो ।

टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले रेशमले आममाफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

उक्त रिटमा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार दिएको थियो । सरकारका विभिन्न निकायले २०८० साउन ८ गतेभित्रै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका थिए ।

तर, लिखित जवाफ पेस भएको लामो समय बितिसक्दा पनि उक्त मुद्दा सुनुवाइमा आउन सकेको थिएन । कारण देखाऊ आदेश जारी भएको साढे दुई वर्षपछि पहिलोपटक रिटको सुनुवाइका लागि पेसी तोकिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं